Logo

समाचार

निर्मला हत्या प्रकरणः दिलीपसँगै छुटे बबिता र रोशनी



महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह बिष्टलाई सादा तारेखमा रिहा गरिएको छ।

घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा मंगलबार रिहा गरिएको छ। सरकारी वकिल कार्यालय कञ्चनपुरको न्यायधिवत्ता खेमराज  भट्टका अनुसार घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको दाबी गर्दै उनीहरुलाई रिहा गरिएको हो।

निर्मला पन्त। र, अभियुक्तलार्इ कारबाहीको माग राखेर गरिएको प्रदर्शन।

तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टले षड्यन्त्रपूर्वक दिलीपसिंह बिष्टलाई फसाउन खोजेको भनेर महेन्द्रनगरमा चर्को आन्दोलन भएको थियो। नक्कली प्रमाण बनाएर बिष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो। केही प्रदर्शनकारी घाइते भएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले बिष्टलाई फसाउन घरबाट सर्टको खल्तीको  टुक्रा ल्याएर घटनास्थलमा फाली मृतक निर्मलाका बुवालाई देखाएका थिए। जुन षड्यन्त्र सार्वजनिक भएपछि स्थानीयस्तरमा प्रहरीको विरोध भएको थियो।

प्रकाशित : २६ भाद्र २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल