Logo

प्रदेश

अञ्जुलाई फेसबुक ग्रुपका सदस्यद्वारा आर्थिक सहयोग, परिवारद्वारा सहायताको अपील



झापा – झापाको पृथ्वीनगर निवासी अञ्जु रहपाल (दीपा)लाई बोनम्यारोको क्यान्सर भएपछि परिवारले सहयोको अपील गरेको छ। मध्यम वर्गीय परिवारका अञ्जुलार्इ उपचारका लागि अहिले भेल्लोर लगिएको छ।

उनको उपचारका लागि करिब २७ लाख रुपैयाँ लाग्ने भेल्लोरस्थित अस्पतालले जनाएको छ। तर, उनको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उपचार गर्न पैसा अपुग भएकाले सहयोगका याचना परिवारका सदस्यले गरेका हुन्।

यसैबीच, सामाजिक सञ्जाल फेसबुक ग्रुपबाट सञ्चालित मिस्टर ह्याण्डसम भर्सेस मिस ब्यूटिफुल रूम रिलोडोडले अञ्जुको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

अञ्जुका परिवारलार्इ रकम हस्तान्तरण गर्दै सामाजिक अभियन्ता गाैतम।

अञ्जुको उपचारका लागि २३ हजार ८ सय १० रुपैयाँ सहयोग गरिएको सामाजिक अभियन्ता प्रितम गौतमले जनाएका छन्। उनले परिवार र आर्थिक समितिलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको जनाएका छन्।

देश तथा विदेशमा बस्ने ग्रुपका सदस्यहरुले रकम संकलन गरेको गौतमले उल्लेख गरे। ‘सेवा नै धर्म हो, हाम्रो सानो सहयोगले अञ्जुको नयाँ जीवन शुरुवात हुन्छ भने हामी किन सहयोग नगर्ने भनेर नै रकम संकलन गरेका हौं’ – गौतमले भने।

अञ्जुलाई सहयोग गर्न चाहनेले आर्थिक संकलन समितिका प्रतिनिधि इन्द्रलाल पुरीलाई ९८०७९४८३६२ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित : १७ भाद्र २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल