Logo

समाचार

उपसभामुख तुम्बाहाङ्फे र बेलायती राजदूत रिचार्ड मोरिसबीच भेटवार्ता



काठमाडौं – उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच भेटवार्ता भएको छ।

उपसभामुख कार्यालय सिंहदरबारमा बुधकार भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानून निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको छ।

भेटमा राजदूत मोरिसले आगामी नोभेम्बरमा बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन्। बेलायतमा महिलालाई चुनावमा सहभागी हुने अधिकार प्राप्त भएको एक सय वर्ष पुगेको अवसरमा सम्मेलन हुन लागेको हो।

ब्रिटिश राजदूत र उपसभामुख तुम्बाहाङ्फे।

उपसभामुख डा. तुम्बाहाङ्फेले सम्मेलनमा सहभागी हुन बेलायत सरकारका तर्फबाट भएको निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीच संसदीय प्रक्रिया र अभ्यास आदानप्रदान हुने विश्वास व्यक्त गरेकी छिन्।

उनले संस्कार धर्मबाहेक विश्वभरका महिलाहरुको समस्या साझा भएको उल्लेख गर्दै सम्मेलनमा त्यस विषयमा छलफल हुने अपेक्षा गरेकी छन्।

संघीय संसद् सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार राजदूत मोरिसले नेपालमा भएको कानून निर्माण तथा संसदीय समिति गठनलगायतका विषयमा चासो व्यक्त गरेका छन्।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल