गजलः थाकिसके म त जिउने रहर छैन अब


ज्योति कँडेल

थाकिसके म त अब जिउने रहर छैन अब।
बिसै खान्छु बरु अमृत पिउने रहर छैन अब।।

नाटकी यो संसारमा नाँची–नाची धेरै जिएँ,
फाटेको मनलाई सिउने रहर छैन अब।।

जीवनको डुंगा डुब्यो आँशुको त्यो तलाउमा,
बाँच्ने कोसिस गर्दै डुंगा खियाउने रहर छैन अब।।

माया खोजेँ जीवनमा भेटे दोशी आँखा मात्रै,
मायाकै म प्यासी बनी जिउने रहर छैन अब।।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: