Logo

स्वास्थ्य

गैरसरकारी चिकित्सक संघ अध्यक्षमा दुवा, महासचिवमा थापा



काठमाडौं – गैरसरकारी संस्थामा कार्यरत चिकित्सकहरु एकजुट भएका छन्। सरकारी सेवा बाहिर रहेका डाक्टरहरुले गैरसकारी चिकित्सक संघ गठन गरेका हुन्।

९ सदस्यीय कार्यसमिति रहेको संघको अध्यक्षमा डा. यमप्रसाद दुवा र महासचिवमा डा. रितेश थापा रहेका छन्।

अध्यक्ष डा. दुवा र महासचिव डा. थापा।

नवनियुक्त महासचिव डा थापाका अनुसार ९ सदस्यीय समितिमा निजी तथा सरकारी सेवाभन्दा बाहिर रहेका डाक्टरहरुको पेशागत हकहित, सुरक्षा, क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा काम गर्ने गर्नेछ।

निजी क्षेत्रमा कार्यरत डाक्टरहरुले देशैभर सेवा दिइरहेपनि उनीहरुको योगदानको कदर नभएको र संस्थागत आवाज बाहिर नआएको उल्लेख गर्दै थापाले संस्था स्थापना गरिएको उल्लेख गरे। थापाका अनुसार देशभरमा करिब १८ हजार गैरसरकारी डाक्टरहरु रहेका छन्।

प्रकाशित : ३१ श्रावण २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल