Logo

राजनीति

अचाक्ली बढेको करविरुद्ध ‘नो ट्याक्स’को प्रतिक्षा नगर्न सरकारलाई कांग्रेसको चेतावनी



काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहमा ५ हजार प्रतिशतसम्म कर बढाएपछि आलोचित बनेको सरकारलाई सुझबुझपूर्ण समन्वयका साथ समाधान पहिल्याउन सुझाव दिएका छन्। साथै नो ट्याक्सको स्थिति आउनु पूर्व समस्याको समाधान खोज्न पनि प्रवक्ता शर्माको सुझाव छ। 

कर तिर्नु जिम्मेवार नागरिकको कर्तव्य भएको उल्लेख गर्दै शर्माले छापामार शैलीमाझैं एकाएक चौतर्फी ढंगले ‘कर हमला’ हुँदा जनसामान्य आक्रोशित हुनु स्वभाविक रहेको टिप्पणी गरेका छन्।

स्थानीय तहले ५ हजार प्रतिशतसम्म कर बढाएपछि कांग्रेसलगायत दलको नेतृत्वमा उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन्। चितवनको रत्ननगर नगरपालिकामा कर घटाउन माग गर्दै आइतबारबाट अनशन शुरु भएको छ। महोत्तरीको गौशाला नगरपालिकामा जनप्रतिनिधिकै अगुवाइमा बजार बन्द गराइएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र प्रधानमन्त्री केपी अोली।

महोत्तरीको नगरसभाले पारित गरेको आव २०७५/०७६ को बजेटमा गत वर्षको तुलनामा कर, दस्तुर र शुल्क अप्रत्याशित बढाइएको छ। सर्वसाधारणका लागि दिइने ३६ प्रकारका सिफारिस र प्रमाणीकरण सेवामा साविक दस्तुरको तुलनामा ५ सयदेखि साढे २ हजार प्रतिशतसम्म वृद्धि भएको छ। शिक्षा क्षेत्र, मोही र जग्गाधनीलाई सबैभन्दा बढी शुल्क थोपरिएको छ।

त्यसैगरी, चितवनको रत्ननगर नगरपालिकाले एकीकृत सम्पत्ति कर, व्यवसाय कर र घर बहाल कर बृद्धि गरेको छ। सय रुपैयाँ तिर्दै आएको ठाउँमा १४ सय रुपैयाँ तिर्नुपर्ने भएपछि सर्वसाधारण विरोधमा उत्रिएका छन्।

प्रकाशित : २९ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल