Logo

राजनीति

कांग्रेसले विचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिजायोः प्रधानमन्त्री



ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको बताएका छन्।

२१औं तुलसीलाल स्मृति दिवशको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने बताएका हुन्।

‘सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ, उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व बृद्धि गरी उपभोगमा पनि सामाजिक न्याय सहितको प्रबन्ध गरिन्छ,’ उनले भने।

समृद्धिले मात्र सुख प्राप्त नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समान अधिकार, समान अवसर, समान सुरक्षा र समान आत्मसम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने बताएका छन्। ‘सामाजिक न्यायलाई स्थपित गर्दै नेपालीका सुखका चाहना पुरा गरिन्छ,’ उनले भने।

केही–केही राजनीतिक पार्टीहरु विचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिजाउँदै हिँडेको ओलीले बताएका छन्। ‘यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्,’ उनले भने, ‘कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अल्मल्याएका छन्।’

प्रधानमन्त्री ओलीले तुलसीलाललाई वामआन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उनको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

प्रकाशित : १७ श्रावण २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल