Logo

राजनीति

कांग्रेस नेता एवं पूर्वसांसद कृष्णकुमार जोशीको निधन



काठमाडौं – नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधन भएको छ। मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौंमा ७३ वर्षको उमेरमा निधन भएको हो।

नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दका अनुसार जोशी वि.सं. २०३४ सालमा नेपाली कांग्रेस बैतडीको सभापति भएका थिए।

विसं २०४४ मा कांग्रेसको केन्द्रीय सदस्य भएका जोशी वि.सं. २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

स्व. जोशीका दुई छोरा र तीन छोरी छन्। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल