Logo

खेलकुद

आफ्नो स्वभावबारे ब्राजिलका स्टार खेलाडी नेयमारले गरे यस्तो खुलाशा



ब्राजिल – ब्राजिलका स्टार फुटबल खेलाडी नेयमारले विश्वकपमा आफूमाथि लागेको कृतिम अभिनयबारेको आलोचनाको खण्डन गर्नु भएको छ। साथै आफ्नो बाल्यकालदेखिको गुण भएको उहाँको प्रतिक्रिया छ।

ब्राजिलको फुटबलका टोली युवा धरोहर नेयमारले हालै रसियामा सम्पन्न भएको खेलमा अस्वभाविक अभिनय गरेको भनी विश्वभर आएको आलोचनालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वाभाविक हो। हुनसक्छ, पीडाका कारण जमिनमा म ढल्दा अस्वाभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वाभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो उहाँले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा बताउनुभयो।’

पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेमारले पोर्चुगाली भाषामा भन्नुभयो, ‘तपाईहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ। तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन। हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्नसक्नुपर्थ्यो त्यो सक्दिन। यो मेरो स्वभाव बनिसकेको छ।’

‘यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ र गत फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो,’ उहाँले भन्नुभयो, ‘जतिवेला म लड्छु नि यो मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन। मभित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ।’

तपाईहरूको आलोचनाले मलाई मेरो कमजोरी सच्चाउने अवसर मिल्छ । यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ।

ब्राजिलियाली फुटबल स्टार नेयमारले गत हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाँही बललाई नहेरौँ जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा गर्नुभएको थियो।

प्रकाशित : १५ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल