नेपाली कांग्रेसद्वारा देशैभर शक्ति प्रदर्शन, नेता–कार्यकर्तामा थपियो उर्जा


काठमाडौं – नेपाली कांग्रेसले मंगलबार देशैभर शक्ति प्रदर्शन गरिएको छ। सरकारको अधिनायकवाद चरित्रविरुद्ध नेपाली कांग्रेसले देशभरि प्रदर्शन गरेको हो।

महँगाई तथा भ्रष्टाचार नियन्त्रण पनि कांग्रेसले आफ्नो एजेण्डा बनाएको छ। कांग्रेसले ७७ वटै जिल्ला सदरमुकममा मंगलबार सांकेतिक विरोध गरेका हो।

​​​​​​​

डा. गोविन्द केसीसँग भएको सहमति अक्षरश कार्यान्वयन गर्न, संघ र सातै प्रदेश सभामा सभामुख र उपसभामुख पदमा भागबण्डा, मूल्यवृद्धि नियन्त्रण लगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दबाब दिन विरोध प्रर्दशन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन्।

केन्द्रीय समितिको आयोजनामा ७७ वटै जिल्ला समितिले आयोजना गरेको विरोध प्रदर्शनमा शीर्ष नेताहरुले सम्बोधन गरेका छन्। देशैभर नेपाली कांग्रेसको शक्ति प्रदर्शनपछि नेता–कार्यकर्तामा उर्जा थपिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: