Logo

राजनीति

नेपाली कांग्रेसका ५ लाखभन्दा धेरै कार्यकर्ता ओली सरकारविरुद्ध सडकमा



काठमाडौं, १५ साउन – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशन अनुसार मंगलबार ७७ जिल्लामा नै व्यापक सहभागिताका साथ विरोध प्रदर्शन सम्पन्न भएको छ।

अधिनायकवाद उन्मुख सरकारका विरुद्धमा भएको प्रदर्शनमा ५ लाखभन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकहरुको सहभागिता रहेको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका हुन्।

​​​​​​​

‘आजको प्रदर्शन खासगरी डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न सरकारलाई दवाव दिने, चर्को मूल्यवृद्धिका विरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दवाव बढाउने, निषेधाज्ञा फिर्ता लिन सरकारलाई खबरदारी गर्ने, उपकूलपतिको अपमानजनक गिरफ्तारीको विरोध गर्ने, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुको मानमर्दन गर्ने अभिव्यक्तिका बारेमा कारवाहीका लागि दवाव बढाउने लगायतका मुद्दाहरु थिए,’ विज्ञप्तिमा भनिएको छ।

प्रदर्शनले राष्ट्रव्यापी रुपमा नेपाली कांग्रेसले उठाइरहेका मुद्दाहरुमाथि व्यापक जनसमर्थनको पुष्टि गरेको पार्टीले ठहर गरेको छ। प्रस्तुत जनभावना अनुरुप सच्चिएर अगाडि बढ्न सरकारलाई सजग गराएको कांग्रेसले बताएको छ।

‘वर्षाको मौसम श्रवाण १५ गतेका दिनमा पनि देशव्यापी रुपमा भएको लाखौंको प्रदर्शनीलाई नजरअन्दाज गर्न सरकार लाग्यो भने महंगो पर्ने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशभरि प्रदर्शनको तयारी गर्ने र सहभागी हुनु हुने सम्पूर्ण सहभागीलाई नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट बधाई ज्ञापन गर्दछौँ समाचार सम्प्रेषण गरिरहनु भएका सबै सञ्चारमाध्यमहरुलाई पनि पार्टीका तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।’

प्रकाशित : १५ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल