Logo

समाचार

पशुपतिनाथ मन्दिरमा बोलबम यात्रीसहित भक्तजनको भीड



काठमाडौं, १४ साउन – साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ।

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ।

लाम व्यवस्थित गरिएकाले आधा घण्टामा दर्शन गरेर फर्कन सकिन्छ। विशेष पूजा गर्ने र सुन्दरीजललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीलाई छुट्टै लामको व्यवस्था गरिएको छ। लाममा दर्शन गर्ने भक्तजन जुन ढोकाबाट छिरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ।

चन्द्रमासअनुसार श्रावण मास लागेपछिको पहिलो सोमबार भएकाले बोल बम यात्री एवं भक्तजनको बिहानैदेखि भीड लागेको छ। मध्याह्नसम्ममा दुई लाख बढी भक्तजनले मूल मन्दिरभित्रै छिरेर पूजा एवं दर्शन गरेको कोषले जनाएको छ। साउनको सोमबार भगवान् शिवलाई जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल