Logo

राजनीति

कांग्रेस घट्दै–घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्योः केपी ओली



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले  कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै ओली कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलाभन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकाले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको ओलीको भनाइ छ।

‘माइतीघरमा दुई सय जना जति मान्छे अट्लान्,’ ओलीले भने, ‘त्यति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो।’ माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने ओलीले बताएका छन्। ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न,’ ओलीले भने, ‘यहीबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ।’

​​​​​​​

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ,’ ओलीले भने, ‘त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ।’

​​​​​​​

सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रपतवद्ध भएको प्रधानमन्त्रीको भनाइ छ। आगामी दुई वर्षभित्र काठमाडौं सडकलाई स्तरीय बनाइने ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण विवेकलाई कायम राख्न सकने पर्ने बताएका छन्। ‘तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ,’ उनले भने, ‘सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ।’

प्रकाशित : १२ श्रावण २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल