Logo

राजनीति

चिकित्सा शिक्षा विधेयकले कानूनको रुप लिएपछि मात्रै आन्दोलन रोकिन्छः कांग्रेस



हेटौंडा – नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सा शिक्षा विधेयकले कानूनको रुप लिएपछि मात्रै आन्दोलन रोकिने बताएका छन्।

कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता शर्माले अघिल्लो सरकारले ल्याएको अध्यादेश अनुसारको विधेयकको हुबहु कार्यान्वयन नै आफूहरुको अडान रहेको प्रष्ट पारेका छन्।

अहिलेको समस्याको समाधान पनि अध्यादेशअनुसारको विधेयक रहेको बताए। डा. केसीका माग सम्बोधन भएको उल्लेख गर्दै शर्माले सहमतिको एउटा दस्तावेज बनेको र कानूनको रुप नलिएसम्म कांग्रेसले आन्दोलन नरोक्ने प्रष्ट पारेका छन्। शर्माले साउन १५ देशैभर हुने जनप्रदर्शन सशक्त बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस सडक र सदनमा सशक्त रुपमा प्रस्तुत भएकै कारण सरकारले डा. केसीका माग पूरा गरेको उल्लेख गर्दै शर्माले प्रतिपक्षमा हुँदा मात्रै डा. केसीको मागमा समर्थन जनाएको आरोपको खण्डन गरेका छन्।

प्रवक्ता शर्माले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै मेडिकल शिक्षाको शुल्क घटाएको र शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. केसीको माग बमोजिमको अध्यादेश ल्याएको प्रष्ट पारेका छन्।

प्रकाशित : १२ श्रावण २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल