Logo

राजनीति

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैनः प्रधानमन्त्री



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृतहरुको भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउन बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिएका छन्।

‘संसदीय अभ्यासमा अव्यस्त भइसकेका साथीहरुले अगुवाई गर्ने र नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो,’ ओलीले भने, ‘शीर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ। जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ।’

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले  असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने  बताएका छन्। ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताएका छन्। ‘संविधानले २५ वटासम्म मन्त्रालय  र मन्त्री बनाउन अधिकार दिएको छ,’ उनले भने, ‘त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो।’

वर्तमान सरकार थपना नभएकाले सक्रियतापूर्वक काम गर्ने बताएका छन्। ‘यस सरकारलाई असफल हुने छुट छैन,’ ओलीले भने, ‘यसलाई असफल हुन पनि दिइँदैन।’ वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको अनशन तोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी सरकारविरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताएका छन्।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल