Logo

राजनीति

कांग्रेसद्वारा प्रहरी दमनको भर्त्सना, ओली सरकार ‘रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा’



​​​काठमाडौं – नेपाली कांग्रेसले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वमा आज राजधानीमा भएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपप्रति भत्सर्ना गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा संविधान प्रदत्त शान्तिपूर्ण भेला हुन र प्रर्दशन गर्न पाउने अधिकारमाथिको यो हस्तक्षेपले सरकारको अधिनायकवाद उन्मुख चरित्रलाई पुनः एकपटक उजागर गरेको ठहर गरिएको छ।

‘एकातर्फ डा. गोविन्द केसीको जीवन जोखिममा पर्दै गएको छ, र मागको सुनुवाई नगरेर सरकार अर्कातर्फ संवेदना शुन्य देखिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘तत्काल वार्ता गर्ने, माग पूरा गर्ने र डा. केसीको जीवनरक्षा गर्ने सन्दर्भमा देशव्यापी रुपमा आन्दोलनको भावना बढिरहेको बेला त्यसलाई नजरअन्दाज गरेर सरकार रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा देखिएको छ।’

तत्कालै यो चरित्रलाई सुधार गर्नेतर्फ गम्भीर सरकारलाई नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ।

प्रकाशित : १ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल