Logo

समाचार

नेवि संघ नेताहरुलाई प्रा.डा. गोविन्द केसीको प्रश्न, ‘अहिले पनि देशमा सरकार छ र?’



काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागलाई ऐक्यवद्धता जनाउँदै नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरु जुम्ला पुगेका छन्।

नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, बाँके नेविसंघ जिल्ला अध्यक्ष पूर्ण आचार्य, नेवि संघ नेता दुर्गा कापडीलगायतका नेताहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर प्रा.डा. केसीलाई भेटेका हुन्।

नेवि संघका नेताहरुसँगको भेटमा प्रा.डा. केसीले अहिले पनि देशमा सरकार छ र भनि व्यंगात्मक टिप्पणी गरेका छन्। डा. केसीको भनाई उद्धृत गर्दै काफ्लेले भने, ‘देशलाई मेरो चिन्ता हो भने माग छिटो सम्बोधन गरोस्। राज्यको चिन्ता हो भने माथेमा प्रतिवेदन पढोस्।’

प्रा.डा. केसीलाई भेटेर फर्केपछि महामन्त्री काफ्लेले उनको स्वास्थ्य स्थिति एकदम गम्भीर रहेको जनाएका छन्। काफ्लेले भने, ‘सरकारले छिटोभन्दा छिटो डा. केसीको माग सम्बोधन गर्नुपर्छ।’

डा. केसीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर आम नेपाली जनाता र विद्यार्थीका लागि लडेको उल्लेख गर्दै काफ्लेले भने, केसीको जीवन रक्षाको लागि सरकारले छिटोभन्दा छिटो माथेमा प्रतिवेदन लागु गर्नपर्छ।’

आइतबारदेखि जुम्लामा बृहत विरोधसभा र धर्ना लगायतका कार्यक्रमहरु गर्ने कुरा भएको उनले बताए। उनले भने, ‘भोलिदेखि स्थानीयहरु पनि रिले अनसनमा बस्ने कुरा भएको छ।’

प्रकाशित : ३० असार २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल