Logo

खेलकुद

विश्वकप फुटबल: क्रोएशिया र फ्रान्स उपाधिका लागि भिड्ने



मस्को – रुसमा जारी विश्वकप फुटबलको दोश्रो सेमिफाइनल खेल इंग्ल्याण्डलार्इ २–१ ले पराजित गर्दै क्रोएशिया विश्वकप फुटबल २०१८ को फाइनलमा प्रवेश गरेको छ। विश्वकपमा क्रोएशिया पहिलो पटक फाइनलमा पुगेको हो।

खेलको पाँचौँ मिनेटमा इंग्ल्याण्डका केइरन ट्रिपिएरले सुन्दर गोल गर्दै इंग्ल्याण्डलार्इ अग्रता दिलाएका थिए। पहिलो हाफको खेल १–० गोलको नतिजामा टुंगिएको खेलको ६८ औं मिनेटमा क्रोएशियाका पेरिसिकले गोल गर्दै टोलीलार्इ खेलमा फर्काएका थिए।

निर्धारित ९० मिनेटको खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। अतिरिक्त समयको १९ औं मिनेटमा गोल गर्दै क्रोएशियाका मारियो मान्जुकिचले क्रोएशियालार्इ फाइनल तर्फ डोर्याएका हुन्।

क्रोएशियाले यस अघि विश्वकप १९९८ मा सेमिफाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो। हिजो भएको पहिलो सेमिफाइनल खेलमा बेल्जियमलार्इ १–० ले पराजित गर्दै १९९८ को विश्वकप विजेता फ्रान्स विश्वकपको फाइनलमा पुगिसकेको छ।

प्रकाशित : २८ असार २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल