Logo

राजनीति

नेपाल विद्यार्थी संघका बहुमत पदाधिकारी र केन्द्रीय सदस्यद्वारा १२औं महाधिवेशनको घोषणा



​​​काठमाडौं – कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेको छ।

संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन गर्ने निर्णय गरिएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १ हजार १ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ। उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ। समितिले ५ दिनभित्र नियमावली तयार पार्नुपर्ने छ।

​​​​​​​

यस्तै, अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ। उपाध्यक्ष नवीन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराएका छन्।

महाधिवेशन सम्पन्न गर्न प्रचारप्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक प्रतिवेदन समिति, सांगठनीक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयम्सेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक समिति गठन गरिएको छ ।

बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरीत गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ। विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए।

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ।

प्रकाशित : २७ असार २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल