Logo

समाचार

पाँचथरमा जीप दुर्घटनाः च्याङ्थापुका कैलाश अधिकारीको मृत्यु, ९ जना घाइते



पाँचथर, २६ असार – पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

समाजसेवी सुवास भट्टरार्इका अनुसार च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृत्यु भएको हो। जीपमा सबार अन्य ९ जना घाइते भएका छन्।

याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नम्बरको जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो।

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ। दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उद्दार गरी जिल्ला अस्पताल पाँचथर र झापा ल्याइँदै छ। जीपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २६ असार २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल