Logo

मनोरञ्जन

वरिष्ठ निर्देशक किशोर रानामगरका दुवै मृगौला ड्यामेज, आर्थिक सहयोग गर्न जुटे कलाकार



​​​​​​​

काठमाडौं – नेपाली चलचित्र उद्योगका वरिष्ठ निर्देशक किशोर रानामगरको स्वास्थ्य अवस्था जटिल भएको छ। दुवै मृगौलाले काम गर्न छाडेपछि रानामगर अस्पतालमा भर्ना भएका छन्।

गत साताबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका छन्।

चलचित्र राँको, करोडपति, कर्जा, सीमारेखा, घाँम–छाँया, १ नम्बरको पाखे, सन्तानको माया, उपकार ,शिवशक्ति, प्रतिबिम्ब, मिस्टर मंगले, भोजपुरी चलचित्र कव होई मिलनवा हमार, सजनिया अनाडीजस्ता सफल चलचित्र निर्देशन गरेका रानामगर केही समययता अस्वस्थ भएका हुन्।

वरिष्ठ निर्देशक किशोर राना मगरको स्वास्थ्यमा गम्भीर समस्या आएको र उपचारमा समस्या भएको थाहा पाएपछि नेपाली कला क्षेत्रका अगुवाहरु उनलाई सहयोग गर्न जुटेका छन्।

नेपाली चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले सामाजिक सञ्जाल फेसबुकबाट आह्वान गरेर एक लाख ३९ हजार पाँच सय रुपैयाँ सहयोग संकलन गरेकी छिन्। उक्त रकम निर्देशक रानामगरकी जीवनसंगिनी संगीता रानालाई हस्तान्तरण गरिएको लामिछानेले जनाएकी छिन्।

लामिछानेका अनुसार डेनमार्कबाट अर्जुन आचार्यले १० हजार, काठमाडौं पेप्सीकोलाका अमित ढुंगानाले १० हजार, अमेरिकामा रहेका भानु गौतमले १० हजार ८ सय ११ रुपैयाँ ७९ पैसा, अमेरिकास्थित ग्लोबल नेपाली मिडियाका हरि उप्रेतीले ५५ हजार ८ सय ७३ रुपैयाँ ६४ पैसा, हङकङबाट मीना सुब्बाले २५ हजार ४ सय १०रुपैयाँ, काठमाडौं ,पेप्सीकोलाकी गोमा केसीले पाँच हजार रुपैयाँ प्रदान गरेका छन्।

त्यसैगरी, अमेरिकामा रहेका विकास चौहानले पाँच हजार, काठमाडौंको सुन्दरीजलका रामजी लामिछानेले २ हजार ५ सय रुपैयाँ तथा थैली नेपाल फाउण्डेशन (मैतिदेवीका तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।

‘किशोर दाईको उपचारमा अझै खर्च लाग्छ, त्यसैले सबैले सहयोग गरौं,’ महासचिव लामिछानेले भनिन्, ‘हामी सानो सहयोगले नेपाली कलाक्षेत्रका एक नक्षत्रको जीवन जोगिन्छ, त्यसैले म सबैलाई सहयोगका लागि आह्वान गर्न चाहन्छु।’

प्रकाशित : २४ असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल