Logo

समाज

विवेकशील साझाको समतामूलक समृद्धि अभियानः समता संवाद श्रृंखला प्रारम्भ



काठमाडौं, १७ असार – विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय,समावेशिता तथा मानव मर्यादालाई केन्द्रबिन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ सञ्चालनमा ल्याएको छ।

पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरक्रिया शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुबारे मासिक अन्तरक्रियात्मक बहस शुरु गरिएको विभागको प्रमुख समेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताएका छन्।

श्रृंखलाको पहिलो प्रस्तुति प्रख्यात पुरस्कार ‘फ्रिडम फ्रम फियर’ अवार्डबाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिबारबाट आरम्भ गरिएको छ।

समता संवादमा आफ्नो प्रस्तुति राख्दै  सामाजिक अभियानकर्ता चौधरीले ६ वर्षको उमेरदेखि कमलरी जीवनमा भोग्नु परेको हिंसा, दमन, विभेददेखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकावारे आफ्ना अनुभव, भोगाई, सिकाई तथा प्रेरणादायी विचारहरू पस्किएकी छिन्।

‘समानताको लडाइँ सकिएको छैन, असमानता, विभेद र विकृतिविरुद्ध खुलेर बोल्न,सक्रियता देखाउन र अभियान सञ्चालन गर्न तपाई हामी एकजुट हुनैपर्छ,’ चौधरीले भनिन्।

समारोहमा मन्तव्य व्यक्त गर्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समानताबिनाको समृद्धि दीगो हुन नसक्ने धारणा राख्दै सामाजिक न्याय र समावेशिता पार्टीको मुटु भएको प्रष्ट पारेका छन्।

विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाले पनि समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिएका छन्।

अन्तरक्रियालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना, समता अभियानकर्ता प्रतिक क्षेत्री र नेहा मल्लले सहजीकरण गरेका थिए।

अन्तरक्रियात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’को अर्को प्रस्तुति साउन दोश्रो साता हुने विभागले जनाएको छ।

प्रकाशित : १७ असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल