Logo

राजनीति

तरुण दलको चेतावनी, ‘महँगी नियन्त्रण र पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता होस्’



काठमाडौं – नेपाल तरुण दलले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयका विरोधमा राजधानीको रत्नपार्कमा भण्डाफोर कार्यक्रम गरेको छ।

शहरका विभिन्न ठाउँबाट निस्किएका तरुण–युवाहरुले ओली सरकारविरुद्ध चर्का नाराबाजी गर्दै रत्नपार्कमा जम्मा भएर विरोध जनाएका थिए।

​​​​​​​

कार्यक्रममा तरुण दलका शीर्ष नेताहरुले विशेष सम्बोधन गरेका थिए। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारलाई तत्काल मूल्यवृद्धि र महंगी फिर्ता गर्न चेतावनी दिएका छन्।

बस्नेतले सरकारले विपक्षी दललाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाए। साथै सरकारका अनावश्यक हर्कतहरुविरुद्ध आफूहरु लडिरहने उद्घोष गरे।

युवाहरुको चर्को नाराबाजीका बीच शुरु भएको विरोध कार्यक्रममा बोल्दै महासचिव भूपेन्द्रजंग शाहीले प्रेसमाथि हस्तक्षेप, बालकृष्ण ढुंगेलको रिहाई, अदालतको अपमान र निरंकुश चरित्र नदेखाउन चुनौती दिएका छन्। सरकारले दुइतिहाईको दम्भ देखाएर जनविरोधी रवैया प्रस्तुत गरे तरुण दलले आन्दोलन गरे शाहीले बताएका छन्।

कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। तरुण दलको केन्द्रीय समितिको निर्णयअनुसार देशैभरि प्रशिक्षणको महाअभियान सम्पन्न गरेको नेपाल तरुण दलले संगठनलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

साथै विभिन्न अभियानहरु सञ्चालन गर्दै जाने क्रममा सरकारका एकपक्षीय र जनविरोधी निर्णयविरुद्ध देशैभरि सभा गरेको जानकारी महासचिव शाहीले जानकारी दिएका हुन्।

प्रकाशित : १४ असार २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल