Logo

राजनीति

‘मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश’



काठमाडौं, १३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनर्निर्माणको उद्घाटनको क्रममा ओलीले संविधानसभाले संविधान जारी गरेर, नयाँ निर्वाचनमार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको बताएका हुन्।

उनले भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरे।

हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र सांस्कृतिक महत्वका भएको बताएका छन्।

वि.सं. २०७२ सालको भूकम्पले ९ हजारभन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबारविहीन भएको, सयौं सांस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे।

‘हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ,’ ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं।’

प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। ओलीले भने, ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं।’

फेरि पनि भूकम्प आउन सक्ने भएकाले अबको पुनर्निर्माण थप गुणस्तरीय हुनुपर्ने प्रधानमन्त्रीले बताएका छन्।

प्रकाशित : १३ असार २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल