Logo

समाचार

विद्यार्थीलाई शताब्दी पुरुष जोशीले दिए यस्तो सुझाव



निता सत्याल, काठमाडौं – शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ। त्रिभुवन विश्वविद्यालय सामाजिक कार्य स्नातकोत्तर चौँथो ब्याजका विद्यार्थीहरुले शताब्दी पुरुष जोशीलाई सम्मान गरेका हुन्।

साथै, पाँचौ ब्याजका विद्यार्थीहरुलाई स्वागत तथा तेश्रो ब्याजलाई बिदाई गरिएको छ। स्नातकोत्तर चौँथो ब्याजका रुपमा अध्ययनरत विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।

कार्यक्रममा विद्यार्थीको स्वागत र बिदाईको क्रममा नेपालको झण्डा दिइएको थियो।

प्रमुख अतिथि जोशीले आफ्नो अनुभव सुनाउँदै सामाजिक कार्यमा एउटा सामाजिक सेवा र भावना रहेको विचार व्यक्त गरेका छन्।

उनले आफ्नै पढाईसँगै सामाजिक परिवर्तन र सांस्कृतिक उत्थानमा लाग्न उनले विद्यार्थीलाई आग्रह गरेका छन्।

उनले आफू संस्कृतिविद् रहेर अनि संस्कृतिविद् हुनु पूर्वका कालखण्डको भोगाइ विद्यार्थीहरुको सामू बाँड्दै विद्यार्थीहरुलाई आफ्नो अठोटमा रहेर काम गर्ने सल्लाह दिएका थिए।

कार्यक्रममा एमएसडब्लु कार्यक्रमका लेक्चरर सरोज गिरीले पहिलो मन्तव्य राखेका थिए। उनले सामाजिक रुपमा गरिने काममा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुले आफ्ना उद्देश्य पूरा गर्न निरन्तर लाग्नुपर्ने बताए।

नेपाल र एशियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक तथा एमएसडब्लु कार्यक्रमका संस्थापक संयोजक मृगेन्द्रबहादुर कार्कीले आफ्ना विद्यार्थीका कमी–कमजोरीलाई सुधार्दै अघि बढ्न सुझावसँगै बिदाई हुने विद्यार्थी हरुका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए।

नेपाली माटो, नेपाली समाज र नेपाली परिवारसँग जोडिने र नेपालको विकासमा  सहयोग पुर्याउन सामाजिक कार्य अध्ययनरत विद्यार्थीे अघि सर्नुपर्ने कार्कीले बताएका छन्।

कार्यक्रममा सभाध्यक्ष पुकार चौधरी लगायत सामाजिक कार्यका विभिन्न विज्ञहरु साथै विद्यार्थीसहित १ सय ५० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरुको जिम्मेवार र समाजप्रतिको उत्तरदायित्वलाई प्रष्ट पार्दै सभाध्यक्ष चौधरीले शताब्दी पुरुष एवं नेपाली भाषा, कला संस्कृतिको संरक्षण, सम्बर्द्धन, र विकासमा लागि परेका संस्कृतिविद् जोशीको दीर्घकालिन स्वास्थ्यको अपेक्षासहित कार्यक्रम समापन गरेका थिए।

रोशिना कुँवरको संयोजकत्वमा भएको कार्यक्रमको उद्घोषण राजेन्द्र गौतम र सरु घोर्साईले गरेका थिए।

प्रकाशित : ३ असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल