Logo

राजनीति

सुर्खेत प्रहरी ज्यादतिप्रति कांग्रेस आक्रामक, सिंहदरबारभित्रै पसेर प्रतिवाद गर्ने चेतावनी



​​​​​​​

काठमाडौं, १ असार – नेपाली कांग्रेसले सुर्खेतस्थित जिल्ला पार्टी कार्यालयमा प्रहरी नै प्रवेश गरेर भएको आक्रमणप्रति गम्भीर अापत्ति जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि कांग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण र धरपकड गरेकोप्रति भर्त्सना गरका हुन्।

प्रवक्ता शर्माले घटनाको विरोध गर्दै पञ्चायतकालमा समेत कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना नभएको भनी सरकारलाई स्मरण गराएका छन्।

यसअघि, शर्माले ट्वीटमार्फत पनि घटनाप्रति अापत्ति जनाएका थिए। उनले ट्वीटमा भनेका छन्, ‘सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालयभित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो। यस्ता घटनाको प्रतिवादमा सिंहदरबारभित्रै पसेर प्रधानमन्त्रीकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ। सरकार गम्भीर बनोस्!’

प्रकाशित : १ असार २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल