Logo

राजनीति

कांग्रेस नेताहरुद्वारा तरुण दलका जिल्ला अध्यक्ष पटेलप्रति श्रद्धाञ्जलि व्यक्त



काठमाडौं – नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेलको उपचारका क्रममा राजधानीको ग्राण्डी अस्पतालमा असमायिक निधन भएको छ।

विगत दुई महिनादेखि मिर्गाैला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित ४२ वर्षीय पटेलको आइतबार बिहान निधन भएको हो। पटेलको निधनले कांग्रेसजन तथा तरुण दललार्इ स्तब्ध बनाएको छ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत अध्यक्ष पटेलको निधनबाट भातृ संस्था तरुण दल र कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

स्वर्गीय पटेल विगत दुई महिनादेखि मिर्गाैला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित थिए। स्व. पटेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

सभापति देउवाले उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। स्व. पटेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज अपराह्न पार्टीको केन्द्रीय कार्यालयमा राखिएको थियो।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अध्यक्ष पटेललाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन्।

त्यसैगरी, पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, एनपी साउद लगायत केन्द्रीय सदस्यले पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन्।

नेपाल तरुण दलको झण्डा ओडाएर अध्यक्ष जीतजंग बस्नेत, महासचिव भूपेन्द्रजंग शाही र उपाध्यक्ष उत्तम चापागाईंले श्रद्धाञ्जली अर्पण गरेका थिए।

पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि पार्टी र नेपाल तरुण दलका नेता एवं कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

पटेलको अन्त्येष्टिका लागि उनको पार्थिव शरीर आइतबारै वीरगञ्ज लगिएको तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले जानकारी दिएका छन्।

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले पटेलको निधनबाट तरुण दल र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन।

शाहीका अनुसार पटेलको निधनमा दुःख व्यक्त गर्दै अाइतबारबाट ३ दिनसम्म देशभरिका तरुण दलका कार्यालयहरू बन्द गर्ने साथै झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका छन्।

प्रकाशित : २७ जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल