Logo

खेलकुद

फुटबलमय विश्वः रंगशालाको क्षमता र लगानी कति?



काठमाडाैं । प्रत्येक ४ वर्षको अन्तरालमा अायोजना हुने विश्वकप फुटबल प्रतियोगिता यसपटक रूसमा हुँदैछ।

फुटबलप्रेमीहरूका लागि दशैकै रूपमा दिइने २१औँ फिफा विश्वकप यही जुन १४ शुरू हुनेछ। उक्त विश्वकप करिब १ महिना अर्थात् जुलार्इ १५ सम्म जारी रहने छ।

विश्वकपमा सहभागी ३२ राष्ट्रका टिमहरू उपाधि उचाल्न भरपुर तयारी गरिरहेका छन्। अन्य सहभागी नजनाउने राष्ट्रहरू पनि अाफूलार्इ मनपर्ने टिमको समर्थन गर्न उत्तिकै उत्साहित देखिन्छन्।

त्यस्तै रसियामा पनि विश्वकपको तयारी भव्यरूपमा भइरहेको छ। विश्वकपका लागि रसियाको ११ सहरमा रहेको १२ वटा रंगशालाको प्रयोग गरिँदै छ।

कुन हो सबैभन्दा ठूलो रंगशाला?

रसियाले विश्वकप खेलाउन प्रयोग गर्न रंगशाला मध्ये सबैभन्दा ठुलो लुझ्निकी स्टेडियम रहेको छ। यस रंगशालामा एक्कै पटक ८१ हजार ६ जना दर्शकले प्रत्यक्ष खेल हेर्न सक्छन्।

र, यस मैदानको तापक्रममा २३ देखी १८ डिग्री सेल्सीयस रहेको छ। यहाँ खेल भइरहँदा पानी पर्ने संभावना पनि उत्तिकै रहेको छ।

त्यसैले यस रंगशालामा विश्वकपकै पहिलो र फाईनल खेल हुनेछ। यसलाई पुनर्निर्माण गर्न मात्रै ४५०९.७१ करोड रुपैयाँ खर्च गरिएको छ।

सन् १८५६ मा पहिलो पटक यस मैदानमा फुटबल खेलाइएको थियो। त्यो बेला यसको नाम सेन्ट्रल लेनिन स्टेडियम राखिएको थियो।

सन् १९९२ मा यसको नाम फेरेर लुझ्निकी स्टेडियम कायम गरिएको हो। सन् १९६३ मा सोभियत युनियन र इटलीबीच भएको खेलमा १ लाख २ हजार ५ सय ३८ दर्शक उपस्थित भएका थिए। 

स्पेसशिप आकारमा क्रिस्टोभस्की स्टेडियम

विश्वकपमा प्रयोग गरिने रंगशाला मध्येकै सबैभन्दा महंगो क्रिस्टोभस्की स्टेडियम रहेको छ। सेन्ट पिटर्सबर्गस्थित क्रिस्टोभस्की स्टेडियमलाई स्पेसशिप आकारमा बनाइएको छ।

क्रिस्टोभस्की स्टेडियम बनाउन मात्रै लगभग १८२८५.४७ करोड रुपैयाँ खर्च गरिएको छ। यस स्टेडियम रोचक कुरा भनेको यसको भित्रको तापक्रम सदैव १५ डिग्री सेल्सियस रहिरहन्छ।

विश्वकपका क्रममा प्रयोग गरिने सबै रंगशालालाई बनाउन र पुनर्निर्माणमा लगभग ५,८०३ लाख डलर (करिब ६२४२८.११ करोड रुपैयाँ) खर्च भएको छ। जबकि सन् २०१४ मा ब्राजिलमा ३६,६०० लाख डलर मात्रै खर्च भएको थियो।

जिझ्नी नोभग्रोद रंगशाला

जिझ्नी नोभग्रोद रंगशालामा ४५ हजार ३ सय ३१ जना दर्शकहरु अटाउछन्। यो पनि सन् २०१८ देखिनै सञ्चालनमा अाएको नयाँ रंगशाला हो।

मस्कोको जस्तै मौसम भएको यो रंगशाला निझेग्रोद ओव्लास्ट भन्ने संघमा पर्दछ। यो क्षेत्र भोल्गा तथा ओका नदी नजिक पर्दछ।

मोर्दोभिया एरिना

मोर्दोभिया एरिना रंगशालामा ४४ हजार ४ सय ४२ जना दर्शक अटाउछन्। यस रंगशाचला विश्वकप देखीनै सञ्चालनमा ल्याउने रुस सरकारको तयारी गरेको थियो।

न्युनतम १२ देखि अधिकतम २३ डिग्री सेल्सीयसका बीच त्यहाँको तापक्रम रहेको छ। यो सुन्तला, रातो र सेतो रंगले रंङ्याईएको रंगशाला २०१८ को फुटबल भरिकै सबैभन्दा रंगीन रंगशाला हुने बताईएको छ।

काजान एरिनामा

काजान एरिनामा ४४ हजार ७ सय ७९ जना दर्शकहरूले एकैपटक बसेर फुटबलको मज्जा लिन सक्छन्। सन् २०१३ देखी सञ्चालनमा आएको यो रंगशाला रहेको क्षेत्र तुलनात्मक रुपमा अलि तालो हुनेछ। १४ देखि २४ डिग्री सेल्सीयस तापक्रम रहेने कजानमा पानी पर्ने र नपर्ने सम्भावना बराबर रहन्छ।

रोस्तोभ एरिना
रोस्तोभ एरिनाको क्षमता ६७ हजार रहेको छ। रसियन प्रिमियर लिगका क्रममा यसमा ५६,१९६ दर्शकले एकसाथ फुटबल हेरेका थिए।

विश्वकपका लागि यसको दर्शक क्षमता करिब १२ हजार बढाइएको हो। यसको निर्माण कार्य सन् २००७ बाट शुरु गरेर सन् २०१७ मा सम्पन्न भएको हो।

स्टेडियमबाट काला सागर

सोचीस्थित फिस्ट स्टेडियम विन्टर ओलम्पिकसँगै फिफा विश्वकपको आयोजना गर्ने विश्वको दोस्रो स्टेडियम भएको छ। यसको पुनर्निर्माणमा ८३६६.०३ करोड रुपैयाँ खर्च गरिएको छ।

यो फाइबर अण्डाको आकारमा बनाइएको छ। यसको दक्षिणमा काला सागर र उत्तरमा फिस्ट पहाड रहेको छ। दक्षिणी स्ट्यान्डबाट काला सागर देख्न सकिन्छ।

विश्वकपका लागि यस स्टेडियमको दर्शक क्षमता ४१,२२० बनाइएको छ। विश्वकप सकिएपछि यस स्टेडियमबाट वैकल्पिक सिट हटाइनेछ। त्यसपछि यसको क्षमता ४० हजार नै हुनेछ।

४० हजार भन्दा कम क्षमताको रंगशाला

विश्वकपका लागि निर्माण गरिएका सबै स्टेडियममध्ये केवल २ रंगशालाको मात्र ४० हजार भन्दा कम दर्शक क्षमता रहेको छ।

उक्त रंगशाला कलिनिग्राद स्टेडियम (३५,२१२) र एकटरिनबर्ग स्टेडियम (३५,६९६) हुन्। यी २ बाहेक अन्य सबै स्टेडियम ४० हजार भन्दा धेरै दर्शक क्षमताका छन्।

कुन स्टेडियम कस्तो?

कजान एरिनाको दर्शक क्षमता ४५३७८ रहेको छ। र, निर्माण-पुनर्निर्माण खर्च ४३९.७ मिलियन डलर लागेको छ। एक्टोरिनबर्ग एरिनाको दर्शक क्षमत ३५,६९६ र निर्माण-पुनर्निर्माण खर्च २१५ मिलियन डलर रहेको छ।

त्यस्तै फिस्ट स्टेडियमको दर्शक क्षमता ४७,६५९ र निर्माण-पुनर्निर्माण खर्च ७७० मिलियन डलर हो। विश्वकपको सानो रंगशाला कालिनिग्राद स्टेडियमको दर्शक क्षमता भने ३५,२१२ मात्र हो। र, यसमा रसियाले निर्माण-पुनर्निर्माणका लागि ३०० मिलियन डलर खर्चेको छ। त्यस्तै अाकर्षित क्रिस्टोभस्की स्टेडियमको दर्शक क्षमता ६७ हजार मात्र रहेको छ भने यसको रंग रोगनका लागि १.७ बिलियन डलरको लागत लागेको छ।

विश्वकपकै ठुलो रंगहाला लुझ्निकी स्टेडियममा ८१ हजार दर्शक अटाउछन्। यसको निर्माण-पुनर्निर्माण खर्च भने ४२० मिलियन डलर रहेको छ। स्पार्टक स्टेडियमको दर्शक क्षमता ४५,३६० छ। र, निर्माण-पुनर्निर्माण    ४३० मिलियन डलर खर्च भएको छ। नोभगोरोद स्टेडियमको दर्शक क्षमता ४४,८९९ रहेको छ। र, निर्माण-पुनर्निर्माण खर्च २९० मिलियन डलर हो।

त्यस्तै रोस्तोभ स्टेडियमको दर्शक क्षमता ४५,१४५ हो। यसको निर्माण-पुनर्निर्माणमा रसियाले ३३० मिलियम डलर खर्चेको छ। मोरदोभिया एरिनाको दर्शक क्षमता ४४,४४२ रहेको छ। यसका निर्माण-पुनर्निर्माणमा ३०० मिलियन डलर खर्च भएको छ।

कोसमोस एरिनाको दर्शक क्षमता ४४,८०७ र निर्माण-पुनर्निर्माण खर्च ३२० मिलियन डलर रहेको छ।भोल्गोग्राद एरिनामा ४५,५६८ दर्शकले एकसाथ खेलको मज्जा लिन सक्नेछन्। यसको निर्माण-पुनर्निर्माणमा २८० मिलियन डलर खर्च गरिएको रुसी समाचार संस्थाहरूले जनाएका छन्।

प्रकाशित : २४ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल