Logo

राजनीति

‘गाउँ–गाउँबाट उठ वस्ती–वस्तीबाट उठ गीतको नयाँ भाग ल्याएर फेरि जनता जगाउनुहोस्’



काठमाडौं, २० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुले अब निराशाका गीत गाउनु नपर्ने बताएका छन्।

सांस्कृतिक संस्थानले आज आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै ओलीले निरंकुशताविरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

जनता जगाउने कलाकारको खोजीमा आफू २०२६ सालतिर जेबी टुहुरे र लव प्रधानलाई भेट्न मधुमल्ला गएको प्रसंग सुनाउँदै ओलीले भने, ‘२०३० सालमा म जेल परेँ। तर पनि हामी जित्ने छौं एकदिन भन्ने गीत सम्झिएर आत्मविश्वास घटेन।’

रामेशहरुले देशका लागि गाएको गीतले सार्थकता पाएको प्रधानमन्त्री ओलीको भनाइ छ। सबैको योगदानले देशमा  परिवर्तन आएको ओलीले बताए। उनले भने, ‘अब हामी समृद्ध नेपाल, सुखी नेपाली बनाउछौं। कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन।’

कुनै बेला जनता जगाउन गाउँ–गाउँबाट उठ वस्ती–वस्तीबाट उठ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भागहरु रचना गर्न र गाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

‘हिजो फरक प्रसंगमा यो गीत गाउनु भएको थियो,’ ओलीले भने, ‘आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई फेरी जगाउनुहोस्।’

कार्यक्रममा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, र मन्त्रीहरुले गायक रामेशलाई गीत संगीतको क्षेत्रमा नेपाली समाजलाई अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै अभिनन्दन गरेका छन्।

यसैगरी, गायक रायनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ। कार्यक्रममा रामेश लगायतका कलाकारले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए।

प्रकाशित : २० जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल