Logo

राजनीति

कांग्रेस नेता तामाङः चुनाव हारेपनि जनताको मन जिते



​​​​​​​

रामेछाप, १९ जेठ – प्रतिनिधिसभा निर्वाचनताका गरेको प्रतिवद्धता अनुसार नेपाली कांग्रेस रामेछापका नेता पुर्णबहादुर तामाङ (कान्छाराम)ले ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेस रामेछापको उम्मेदवार तामाङले रामेछापबासी बीच गरेको प्रतिवद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका हुन्।

निर्वाचनका क्रममा कांग्रेस नेता तामाङले रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत विभिन्न स्थानमा एम्बुलेन्स दिने घोषणा गरेका थिए।

तामाङका अनुसार एम्बुलेन्स फागुन अन्तिम साता काठमाडौंमा आइसकेको र चैत्र ३ गते रामेछापको सदरमुकाम मन्थलीबाट वितरण गर्ने कार्यक्रम रहेको भएपनि पूर्व प्रधानमन्त्री नेपाली कांग्रेस सभापति एवं शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण वितरण कार्यक्रम सकेको थियो।

नेपाली कांग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले निर्वाचनका समयमा जनताका बीचमा एम्बुलेन्स दिने वाचा गरेअनुसार समुदायलार्इ हस्तान्तरण गरिने बताएका छन्। ‘निर्वाचनमा पराजित भएपनि म रामेछापबासीको सेवाको लाग्छु,’ उनले भने।

यसैगरी, उमाकुण्ड गाउँपालिकाको प्रीति, भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा एम्बुलेन्स दिने भएका हुन्। त्यसैगरी, सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी ६ वटा एम्बुलेन्स वितरण गरिने उनले बताएका छन्।

तामाङका अनुसार जिल्ला पार्टी कार्यालयमा रहेका एम्बुलेन्स सभापति देउवाका उपस्थितिमा अायोजना गरिने कार्यक्रममा वितरण गरिने छ। प्रतिगोटा ११ लाख रूपैयाँका दरले एम्बुलेन्स किनेको उनले बताएका छन्।

प्रकाशित : १९ जेष्ठ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल