Logo

समाचार

धुर्मुस–सुन्तली फाउण्डेशनको वीर अस्पताल सरसफाई अभियानमा पर्यटन व्यवसायीको साथ



काठमाडौं, १६ जेठ – धुर्मुस सुन्तली फाउण्डेशनको वीर अस्पताल सरसफार्इ अभियानमा निरन्तर सहयोग जुटिरहेको छ। देश–विदेशमा रहेका नेपालीहरू धुर्मुससुन्तलीको यो अभियानलार्इ सफल बनाउन जुटेका हुन्।

यसैबीच, पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन्।

उनीहरुले एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन्। ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरियो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरीब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउण्डेशनलाई थोरै भएपनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताए।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको बताए। उनले वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको जानकारी दिएका छन्।

प्रकाशित : १६ जेष्ठ २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल