Logo

विश्व

रुस र चीन सम्बन्ध इतिहासकै राम्रोः भ्लादिमिर पुटिन



रूस, १३ जेठ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ।

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ।

उहाँले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक नरहेको बताउनु भएको छ। उहाँले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राख्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कांग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राख्नुभयो। यस कांग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त कांग्रेसले सिर्जना गरेको उहाँले बताउनुभयो।

उहाँले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताउनुभयो।

उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताउनुभयो।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताउनुभयो।

प्रकाशित : १३ जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल