Logo

शिक्षा

कहिले हुन्छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्रको स्थापना?



मदन गिरी, महेन्द्रनगर, १२ जेठ – सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थानपना भएको ८ वर्ष बितिसक्दा पनि पाठ्यक्रम विकास केन्द्रको स्थापना हुन सकेको छैन।

विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्र नहुँदा विषय विज्ञको समितिमार्फत पाठ्यक्रम निर्माण भइरहेको छ। साथै विश्वविद्यालका विभिन्न संकायमा संकाय बोर्डका पनि स्थापना हुन सकेको छैन।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रशासक गोविन्दबल्लभ पन्तले विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र स्थापना गर्न नसकिएको बताए। उनका अनुसार विश्वविद्यालय स्थापनाको चरणमा नै रहेकाले पाठ्यक्रम विकास केन्द्रको स्थापना हुन नसकेको हो।

विश्वविद्यालयमा क्याम्पसमा समायोजन लगायतका अन्य क्षेत्रहरुमा काम भइरहेकोले केन्द्र स्थापनमा ढिलाई भइरहेको उपप्रशासक पन्तको भनाई रहेको छ। साथै अबको केही वर्षभित्रमा नै पाठ्यक्रम विकास केन्द्र स्थापना गरिने उनले बताएका छन्।

उनका अनुसार पाठ्यक्रम विकास केन्द्रको स्थापना नहुँदा विभिन्न संकायको डिनको नेतृत्वको विषय विज्ञ सम्मिलित समूहबाट अहिले पाठ्यक्रम निर्माण हुने गरेको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस इञ्जिनियरीङ संकायका डीन किशन भट्टका अनुसार पाठ्यक्रम विकास केन्द्र नहुँदा ५ देखि ७ जना सम्ममा विषय विज्ञको समूह गठन गरी पाठ्यक्रम निर्माण गर्ने गरिने छ। उनका अनुसार इन्जिनियरीङ संकाय अन्तर्गत अहिले बिई सिभिल इञ्जिनियरिङको मात्रै अध्यापन हुने गरेको छ। थप दुई विषयको अध्यापन शुरू गर्न पाठ्यक्र निर्माण भइरहको छ।

सात सदस्यीय पाठ्यक्रम निर्माण समिति गठन गरी स्नाकोत्तरतर्फ एमएससी स्ट्रक्चरल र कन्ट्रसनल इञ्जिनियरिङ तथा बिई सिभिलतर्फ कम्प्युटर र आर्किटेक्चरल इञ्जिनियरङको पाठ्यक्रम निर्माण भइरहेको डीन भट्टले बताएका छन्।

साथै भवन, प्रयोगशाला लगायतका आवश्यक भौतिक संरचना बन्ने क्रममा रहेकाले संकायको क्षेत्र विस्तारका लागि स्नाकोत्तर तथा स्नातक तहमा अन्य विषयमा अध्यपन शुरू गर्ने योजना रहेको डीन भट्टले बताएका छन्।

त्यस्तै शिक्षा संकायका डीन गोविन्द बिष्टका अनुसार पाठ्यक्रम विकास केन्द्र स्थापना नहुँदा आफूले नै विषय विज्ञ लगायतको समूह निर्माण गरी पाठ्यक्रम निर्माण गर्नु परेको बताए। साथै अहिले बनेका पाठ्यक्रम त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयको पाठ्यक्रम अनुसार नै निर्माण भएको छन्।

विज्ञान तथा प्रविधि संकायका डीन पुर्णबहादुर चन्दले पाठ्यक्रम विकास केन्द्र नहुँदा आफूहरुले नै पाठ्यक्रम बनाउनु परेको बताए। उनका अनुसार विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र नहुँदा त्रिविको विश्वविद्यालय अनुदान आयोगको निर्देशिका बमोजिम पाठ्यक्रम निर्माण गरी डीन कार्यालयको प्रस्तावमा प्राज्ञिक परिषदबाट पास गरिने व्यवस्था रहको छ। साथै अहिलेसम्म विश्वविद्यालयको केन्द्रीय क्याम्पसकमा संकाय बोर्ड गठन हुन नसकेको उनको भनाई रहेको छ।

त्यस्तै व्यवस्थापन संकायका डीन पदमकान्त जोशीले पनि पाठ्यक्रम विकास केन्द्रको अभावमा डीन कार्यालयको नेतृत्वको विषय विज्ञ सम्मिलित समूह गठन गरी आवश्यक पाठ्यक्रम निर्माण तथा संशोधन गर्ने गरेको बताएका छन्। साथै अहिले पाठ्यक्रम प्रभावकारी रहेको उनको भनाई छ।

प्रकाशित : १२ जेष्ठ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल