Logo

भारत

राष्ट्रव्यापी रुपमा भएका त्रुटी सच्याउने काममा जुट्न तरुण दललाई कांग्रेस प्रवक्ताको निर्देशन



इन्द्रकमल जैरू, नयाँ दिल्ली – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका त्रुटी पहिल्याउनभन्दा पनि भएका त्रुटी सच्याउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

शनिबार भारतको राजधानी दिल्लीमा नेपाल तरुण दल भारत दिल्ली शाखाले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रवक्ता शर्माले अहिले जसले पनि कांग्रेसको गल्ती र त्रुटी कोट्याउन सक्ने उल्लेख गर्दै कार्यकर्तामा त्रुटी बताउनुका साथ-साथै सच्याउन पनि सक्नुपर्ने बताएका हुन्।

नेतृत्व क्षमताको विषयमा चर्चा गरेका शर्माले कार्यक्षमता र नेतृत्वका कारण राष्ट्रव्यापी रुपमा भएका त्रुटी पहिल्याएर त्यसलाई सच्याउने काममा तरूण दल लाग्नुपर्नेमा जोड दिए।

गल्तीका तीन आयाम हुने प्रष्ट पार्दै शर्माले गल्ती गर्ने कुरा प्रकृति भएको, गल्ती स्वीकार गर्ने कुरा संस्कृति भएको र गल्तीलाई स्वीकार गरि सच्चिएर अगाडि जाने कुरा प्रगति भएको स्मरण गराएका छन्।

त्यसैगरी, समारोहलार्इ सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पनि कार्यकर्ताहरुलाई तरुण दलको भूमिका महत्वपूर्ण हुने प्रष्ट पार्दै कुशल क्षमता प्रदर्शन गर्न सुझाव दिएका छन्।

नेपाल तरुण दल भारत दिल्ली शाखाका अध्यक्ष एलपी पाण्डेले सभापतित्व गरेको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख अतिथि थिए।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे र नेपाल तरुण दल भारतका अध्यक्ष राहुल रेग्मी विशिष्ट अतिथि थिए। समारोहमा तरुण दल भारतका कार्यकर्ताका साथै नेपाली जनसम्पर्क समिति भारतका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : १२ जेष्ठ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल