सन्दीप लामिछानेलाई टिएगो कार उपहार


काठमाडौं, ९ जेठ – इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन्।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो।

सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको साँचो आज यहाँ आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए। जसमा उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: