Logo

राजनीति

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी ओली



काठमाडौं, ५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएका छन्।

आज नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो।

​​​​​​​

नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गरेको प्रस्तावमा सबै सांसदहरुले समर्थन जनाएको थिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने वैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली उक्त पदमा चुनिएका हुन्।

प्रकाशित : ५ जेष्ठ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल