Logo

राजनीति

प्रचण्ड र अोलीले एकअर्कालाई शपथ खुवाएपछि नेकपा केन्द्रीय सदस्यद्वारा सामूहिक शपथ



​​​​​​​

काठमाडौं, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइएको हो।

एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टी एकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिएका थिए।

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहने छ। सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन्। केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ। सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन्।

वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो। सामूहिक शपथपछि नयाँ पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन्।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल