Logo

खेलकुद

नेपालको शानदार शुरुवात, केन्या र ताजकिस्तानलाई पराजित गरी क्वाटरफाइनलमा



काठमाडौं, २९ वैशाख – सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट शुरूवात गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको पहिलो खेलमा नेपालले अफ्रिकी मुलुक केन्यालार्इ २–० गोलअन्तरले पराजित गरेको हो। अर्काे खेलमा नेपालसँग ताजकिस्तान ३–१ गोलअन्तरले पराजित भएको हो।

केन्यालार्इ पराजित गर्ने क्रममा नेपाली टोलीका लागि पहिलो हाफमा पवन शाहीले १ र दोश्रो हाफमा सन्तोष खत्रीले १ गोल गरेका थिए।

त्यसैगरी, ताजकिस्तानसँग भएको खेलमा नेपाली टोलीका तर्फबाट खेल शुरू भएको चाैँथो मिनेटमै पवन शाहीले पहिलो गोल गरेका थिए। दोश्रो हाफको एघाराैं मिनेटमा पवनले नै अर्काे गोल गरे।

एक मिनेटपछि बाह्राैं मिनेटमा ताजकिस्तानका खेलाडीले सान्त्वना गोल फर्काए। त्यसको एक मिनेटपछि दोश्रो हाफको १३ मिनेटमा नेपाली टोलीका कप्तान रोशन भूजेलले १ गोल थपेपछि नेपाल ३–१ को स्थितिमा पुग्यो।

रुसको राजधानी मस्कोमा मे १० देखि १६ तारिखसम्म सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगितामा हुँदैछ।

नेपाली टिमको सम्पूर्ण व्यवस्थापन गरिरहेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु अोलीले नेपाली राष्ट्रिय टोलीको प्रदर्शन उत्कृष्ट रहेको बताएकी छिन्। ‘अाजको प्रदर्शनबाट हामी सन्तुष्ट छाैं,’ उनले शुभदिनसँग भनिन्।

सडक बालबालिकाको विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको नेतृत्व रोशन भूजेलले गरिरहेका छन्। टोलीमा आरोन कार्की, सन्तोष खत्री, विशाद वादी, मनवीर घिसिङ, सचिन बिक, पवन शाही, रमेश साह तेली र विकाश तिमल्सिना रहेका छन्।

टोलीको व्यवस्थापक अध्यक्ष खुश्बु ओली र सन्तोष कार्की तथा प्रशिक्षकद्वय राजन न्यौपाने र नवीन महर्जन छन्। वेस्टार प्रपटिज, शंकर ग्रुप, कोरिया साउथ इष्ट पावर कम्पनी, नेपाली वाटर एण्ड इनर्जी डेभेलोप्मेन्ट कम्पनी, कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक, नेपाल एसबिआई बैंकले नेपाली टोलीको व्यवस्थापनमा सहयोग गरेका छन्।

अठार वर्षमुनि उमेर समूहको विश्वकपमा २२ देशबाट २४ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालकी अध्यक्ष ओलीले जानकारी दिएका छिन्।

प्रकाशित : २९ बैशाख २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल