Logo

राजनीति

नेपाल शान्ति र स्थिरतातर्फको यात्रामाः प्रधानमन्त्री



काठमाडौं, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरतातर्फको यात्रामा अगाडि बढेको बताएका छन्। स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकाले स्थिरतातर्फ बढेको बताएका हुन्।

संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति, समानता, समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताए। ओलीले नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराए। ‘शिक्षाका अतिरिक्त स्वास्थ्य, हेरचाह, व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ,’ ओलीले भने।

नेपालबिना भेद्भाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको ओलीले बताएका छन्। ‘नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो,’ ओलीले भने, ‘त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं।’

प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर बृद्धिका लागि सूचना र प्रविधिको प्रयोग गरिने बताएका छन्। उनले भने, ‘सूचना र प्रविधिलाई विद्यार्थीदेखि विद्यालयसम्म विस्तार गर्ने सरकारको योजना छ।’

ओलीले दीगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आग्रह गरेका छन्। कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि सहभागिता थियो।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल