Logo

राजनीति

पार्टीको निर्देशनपछि नेविसंघका असन्तुष्ट पक्षको बैठक स्थगित



काठमाडौं, २१ वैशाख – नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरासँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोक्न कांग्रेस केन्द्रीय समितिले निर्देशन दिएको छ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को निर्देशन प्राप्त नहुन्जेलसम्म लागि कुनैपनि बैठकको आयोजना नगर्न निर्देशन दिएका हुन्।

बिहीबार चलेको बैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो। बहुमत निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयबाट पत्र आएको महामन्त्री काफ्ले बताए।

काफ्लेको अनुसार पत्र आउनुपूर्व केही निर्णय बैठकले गरेको थियो। जसमा विधिविधान विपरीत मनोमानी ढंगले सभापतिले पदाधिकारी, सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस, सिटिइभिटी, विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने लगायतको निर्णय भएको थियो।

बैठकमा उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, प्रकाश राना, खड्क डाँगी, नवीन राई, सहमहामन्त्री राजेश रौनियार, माधव ढकाल, परमेश्वर शाह, कृष्ण कार्की, ललिता सुनुवार, हरिहर शर्मा, कोषाध्यक्ष शिव रिमाल र केन्द्रीय सदस्यहरुसहित ८४ जना सहभागी भएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

नेविसंघको निर्वाचित केन्द्रीय समितिका १२९ जनामध्ये ८४ जना बैठकमा सहभागी हुनुले अध्यक्ष नैनसिंह महर अल्पमतमा परेको देखिन्छ। बैठक नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको थियो।

प्रकाशित : २१ बैशाख २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल