Logo

राजनीति

विवेकशील साझा पार्टीको छलाङः मिश्र र थापाद्वारा वैकल्पिक राजनीतिक ध्रुवीकरणको आह्वान



काठमाडाैं, २० वैशाख – राष्ट्रव्यापी रूपमा संगठन निर्माण तथा विस्तारमा लागेको विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आह्वान गरेकाे छ।

विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा अहिले वैकल्पिक राजनीतिको महत्त्व र सान्दर्भिकता अझै बढेको उल्लेख गर्दै ध्रुवीकरणका लागि अाह्वान गरेको छ।

साथै यसका लागि विवेकशील साझा पार्टीले पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य, पार्टी प्रदेश नम्बर–३ का संसदीय दलका नेता रमेश पौड्याल तथा संगठन विभाग प्रमुख मुमाराम खनाल सम्मिलित वार्ता समिति गठन गरिसकेको विज्ञप्तिमा जनाइएकाे छ।

‘नेपाली राजनीतिका पछिल्ला वर्षहरूमा सशक्त वैकल्पिक राजनीतिक दलको आवश्यकता महसुस गरिएको र त्यही परिप्रेक्ष्यमा उदाएको विवेकशील साझा पार्टीले छोटो अवधिमैं दशकौंदेखि जकडिएको नेपाली राजनीतिमा विकल्पको आशा जगाएको यहाँहरूलाई विदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ गत आम चुनावमा होमिएको विवेकशील साझा थोरै मतका कारण राष्ट्रिय पार्टी बन्न सकेन, तर हामी २ लाख १२ हजार भोटका साथ देशको छैटौं ठुलो र प्रदेश–३ मा प्रादेशिक मान्यता प्राप्त दलको हैसियतमा चौँथो ठुलो पार्टी बन्न सफल भयौं।’

वैकल्पिक भनिने गरेको राजनीति नेपालको रहर होइन बाध्यता रहेको उल्लेख गर्दै विज्ञप्तिमा पुराना स्थापित दलहरूले राजनीतिलाई क्रमिकरूपमा परिष्कृत गर्दै लगेको भए वैकल्पिक राजनीतिको आवश्यक्ता नै पर्ने थिएन भनिएको छ। ‘तर, २७ वर्षअघि लोकतन्त्रको पुनर्स्थापना भएयता ती दलका नेताहरूले आफ्ना असल कार्यकर्ता र आमनागरिकलाई भ्रममा पार्दै आफूहरूलाई ‘सफा’ र राजनीतिलाई ‘फोहोर’ बनाएको अनि आफूहरूलाई ‘सुखी’ र आम जनतालाई ‘दुखी’ राखेको तथ्य कसैबाट लुकेको छैन,’ विज्ञप्तिमा भनिएको छ।

 विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा।

तसर्थ, वैकल्पिक राजनीतिलाई आउँदो निर्वाचनपछि निर्विकल्प नेतृत्वका रूपमा स्थापित गर्न समान सोच र विचारधारा भएका आम सर्वसाधारण, सबै पार्टीका समर्थक, कार्यकर्ता, स्थानीय तथा केन्द्रीय नेताहरूलाई वैकल्पिक राजनीतिमा एेतिहासिक ध्रुवीकरणका लागि आह्वान गरिएको जनाइएको छ। र, तत्काल त्यसतर्फ कदम चाल्न पनि पार्टीले अाग्रह गरेको छ। ‘हामी जति छिटो एउटै संगठित शक्ति बन्दछौं, आउँदो निर्वाचनमा हामी त्यति नै बढी तयारी र दृढताका साथ प्रस्तुत हुन सक्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आउनुहोस्, एक भएर हामी यो देश हाम्रै जीवनकालमा रूपान्तरण गरिछाड्ने प्रण गरौं!’

लामो राजनीतिक संक्रमणपछि स्पष्ट जनमत पाएको वामगठबन्धनको शक्तिशाली सरकारको विकास र समृद्धिको एजेण्डा सिर्फ भाषणमा मात्र सीमित हुने हो कि भन्ने आशंका बढ्दो रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने प्रमुख प्रतिपक्ष रनभुल्लको अवस्थामा देखिएको टिप्पणी संयोजकद्वय मिश्र र थापाद्वारा जारी विज्ञप्तिमा गरिएको छ।

‘राज्य दोहन र तमाम विकृतिलाई प्रश्रय दिने यी दलहरूको संगठनात्मक स्वरूप र राजनीतिक कार्यशैली मुलुकको प्रगतिको मूल बाधक बनेको छ र दलभित्रका असल नेता कार्यकर्ता स्वयम् यसको बन्दी बनेका छन्, आम नेपाली नागरिकले आफ्नो बाँकी जीवन र आफ्ना सन्ततिका लागि अपेक्षा गरेको संमृद्ध नेपाल निर्माण गर्न यी दलहरूको राजनीतिक शैलीले सम्भव देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ।

प्रमुख पार्टीका अधिकांश नेतृत्व नेपाली राजनीतिलाई विकृत बनाउने नातावाद, कृपावाद, भ्रष्टाचार र समाजको अनावश्यक राजनीतिकरणबाट माथि उठ्नै नसकेको र उठ्ने संकेत पनि नदेखाएको जनाउँदै विज्ञप्तिमा त्यस्तो परिप्रेक्ष्यमा वैकल्पिक राजनीतिको महत्त्व र सान्दर्भिकता अझ बढेको महसुस गरिएको बताइएको छ।

‘त्यसैकारणले आउँदो आम निर्वाचनपछि देशको एक नम्बर पार्टी बनेर यो देशलाई हाम्रै जीवनकालमा रूपान्तरण गर्ने दृढ लक्ष्यका साथ अगाडि बढ्न हामीले अहिलेदेखि नै तयारी शुरू गरिसकेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, लुटतन्त्र अन्त्य गर्ने, राजनीति सफा तुल्याउने र यो देश संमृद्ध बनाउने महाअभियानका लागि आमनागरिकका साथसाथै विभिन्न दलसँग स्थानीयदेखि केन्द्रीय तहसम्म आबद्ध इमान, क्षमता र दृढता भएका र आफू आबद्ध पार्टीबाट यो देशको रूपान्तरण सम्भव देख्न छोडिसकेका सबै राजनीतिकर्मीहरू पनि एक ठाउँमा आउन नितान्त जरुरी छ।’

सुमन भएका नेपालभित्र र नेपाल बाहिरका सारा नेपालीहरू एकजुट नहुने हो भने विगतमा जस्तै आशैआशामा रूमल्लिने विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘र, यो देशको ठोस रूपान्तरण नहेरी देहत्याग गर्न बाध्य हुनेछौं भन्ने हाम्रो निर्क्यौल हो, देश नबन्ने हो भने हाम्रो व्यक्तिगत सफलताको खासै अर्थ रहँदैन,’ विज्ञप्तिमा उल्लेअ गरिएको छ।

तसर्थ, वैकल्पिक राजनीतिलाई आउँदो निर्वाचनपछि निर्विकल्प नेतृत्वका रूपमा स्थापित गर्न समान सोच र विचारधारा भएका आम सर्वसाधारण, सबै पार्टीका समर्थक, कार्यकर्ता, स्थानीय तथा केन्द्रीय नेताहरूलाई वैकल्पिक राजनीतिमा एेतिहासिक ध्रुवीकरणका लागि आह्वान गरिएको जनाइएको छ। र, तत्काल त्यसतर्फ कदम चाल्न पनि पार्टीले अाग्रह गरेको छ। ‘हामी जति छिटो एउटै संगठित शक्ति बन्दछौं, आउँदो निर्वाचनमा हामी त्यति नै बढी तयारी र दृढताका साथ प्रस्तुत हुन सक्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आउनुहोस्, एक भएर हामी यो देश हाम्रै जीवनकालमा रूपान्तरण गरिछाड्ने प्रण गरौं!’

प्रकाशित : २० बैशाख २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल