गायक प्रकाश पौडेलको ‘खुचिङ’ सार्वजनिक (हेर्नुहोस् भिडियो)


काठमाडाैं, ६ वैशाख – गायक प्रकाश पौडेलको ‘खुचिङ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। बुधवार म्युजिक भिडियोसहित युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो।

युएईमै कार्यरत पत्रकार मेघराज सापकोटाका शब्द र पौडेलले स्वर र संगीत भरेको म्युजिक भिडियो माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो।

म्युजिक भिडियोमा कुशल बिष्ट र सिसम राना लगायतको अभिनय देख्न सकिन्छ। ‘राम राम’ पप भजनपछि झण्डै १ वर्षमा पौडेलको अर्को गीत बजारमा आएको हो। म्युजिक भिडियो निर्माणमा सेन्चुरी रेमिट,अल अहलिया एक्सचेन्च र कान्तिपुर ट्राभल्सले सहयोग गरेका छन्।

पौडेल सेन्चुरी बैंक अन्तरगत युएईमा मुख्य प्रतिनिधि भएर काम गरिरहेका छन्। सापकोटाले झण्डै २ वर्ष पहिले लेखेका शब्द गायक पौडेल आफैँले छनौट गरेका हुन्। पौडेलका ‘मलाई त्यही केटी चाहिन्छ’, ‘डा. साब भिटामिन लेख्दिनुस् न’, ‘तीते पाती-तीते पाती झ्याप’ जस्ता गीत लोकप्रिय छन्।

हेर्नुहोस् म्युजिक भिडियोः

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: