Logo

राजनीति

अनेरास्ववियुले कसरी सहयोग गर्दैछ सरकारको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा?



काठमाडौं, ५ वैशाख – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सरकारको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा ऐक्यवद्धता जनाएको छ। अनेरास्ववियुले संविधानमा व्यवस्था भएअनुसार सम्पूर्ण नेपालीले शिक्षा पाउनुपर्ने मौलिक अधिकारको आत्मसात गर्दै वर्तमान सरकारले थालेको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई स्वागत गरेको हो।

अनेरास्ववियुकी उपाध्यक्ष एवं विद्यार्थी भर्ना तथा निरक्षरता उन्मुलन अभियानकी संयोजक सुनिता बरालद्वारा जारी विज्ञप्तीमा वर्तमान सरकारले गरेको वैशाख १ देखि १५ गतेसम्म देशभरका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुमा ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ भन्ने मूल नाराका साथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानप्रति ऐक्यवद्धता जनाएको हो।

वार्षिक चार लाखभन्दा बढी बालबालिकाहरु शिक्षाको पहुँचभन्दा बाहिर रहँदै आएको तर्फ सचेत गराउँदै अनेरास्ववियुले अबको बाटो शैक्षिक मुद्दामा केन्द्रित गर्ने जनाएको छ।

‘शिक्षाको दायराभन्दा बाहिर रहेका बाबालिकाहरुलाई शिक्षाको दायरामा ल्याउने सरकारको अभियानलाई सहयोग पुर्याउन र अनेरास्ववियुको विगतको आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न,  सरकारको यो अभियानमा अनेरास्ववियुले पनि सँगसँगै अभियान सञ्चालन गरी आफ्नो सिंगो शक्ति देशभर परिचालन गर्न प्रतिवद्ध रहँदै, अनेरास्ववियुका सम्पूर्ण नेता कार्यकर्ता र न्यायप्रेमी जनसमुदायलाई यो अभियान सफल पार्न आ–आफ्नो क्षेत्रमा क्रियाशील रही सहायोग गरिदिनुहुन हार्दिक अपिल गर्दछाैं,’ विज्ञप्तीमा भनिएको छ।

अध्यक्ष नविना लामाको अध्यक्षतामा बसेको अनेरास्ववियु स्थायी कमिटी बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णय लिएको जानकारी उपाध्यक्ष बरालले दिएकी छिन्। अध्यक्ष नवीना लामा र संगठका पूर्व केन्द्रीय सदस्य प्रविण श्रेष्ठबीच वैशाख १३ गते हुने विवाहको आयोजक अनेरास्ववियु केन्द्रीय कमिटी बन्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल