Logo

आर्थिक

नेपाली खाना विश्वव्यापी अभियान युएईमा पनि प्रारम्भ, प्रधानमन्त्रीले यसरी गर्दैछन् उद्घाटन



युएर्इमा सञ्चालित रेस्टुरेन्ट र प्रधानमन्त्री।

रुपेश अधिकारी, युएई, ५ वैशाख – नेपाली खानाको विश्वव्यापीकरण अभियान युएईमा पनि शुरु भएको छ।

नेपाल पर्यटन बोर्डको एक्पेरियन्स नेपाल मातहतको होटल एशोसिएशन अफ नेपाल (हान) को संयोजन तथा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले नेपाली मौलिक खानाको विश्वव्यापी  अभियान शुरु गरेका हुन्।

नयाँ वर्षका अवसरमा युएईमा रहेका विभिन्न रेस्टुरेन्टहरुमा नेपाली खानाको प्रचार अभियान थालिएको यहाँ रहेका नेपाली होटल व्यवसायीहरुले बताएका छन्।

अभियान अन्तरगत युएईमा खाना बनाउन आवश्यक पर्ने सामग्री लेखिएका पोस्टरहरुबाट प्रचार गर्न थालिएको छ। विदेशीहरुलाई नेपाली खानाको स्वाद चखाउने र नेपाली खानामा लोभ्याउने उद्देश्यले यो अभिान शुरु भएको हो।

यूएईमा विश्व खनाल तथा द्रोणजंग श्रेष्ठको विशेष अग्रसरतामा नेपाली रेस्टुरेन्टहरुमा पहिलो चरणको अभियान दुबईमा सञ्चालन गरिएको हो। यसै अन्तरगत यूएईका अरु राज्यमा पनि अभियान सञ्चालन गरिने छ।

नेपाली खानाको स्वादलाई विदेशी नागरिक समक्ष पुर्याउन सकेमा यहाँ रहेका नेपाली होटल व्यवसायीलाई मात्र नभएर नेपाललाई फाइदा पुग्ने व्यवसायीको विश्वास छ।

नेपाली खानालाई विश्वव्यापीकरण गर्ने औपचारिक थालनी प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्। ओलीले आगामी वैशाख १५ गते नेपाली खानाको विश्वव्यापीकरण उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल