Logo

विश्व

विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदाको व्यवस्थामा हेरफेर, यस्तो छ प्रावधान



रुपेश अधिकारी, युएई, ५ वैशाख – विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकको सार्वजनिक बिदासँगै  नेपाल सरकारले उल्लेख गरेको बिदामा दोहोरो फाइदा लिने गरेको आरोप  सेवाग्राहीले लगाउने गरेका छन्

तर, नेपाल सरकारले राजपत्रमा उल्लेख गरेअनुसार विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरुलाई दृष्टिगत गरी बढीमा १८ दिन सार्वजनिक बिदा आफैँले व्यवस्थापन गर्न सक्ने व्यवस्था छ।

सम्बन्धित देशको क्यालेण्डरअनुसार केही मिति तलमाथि भएपनि सार्वजनिक बिदा नेपाली क्यालेण्डरमा उल्लेख गरिएअनुसार हुने गर्दछ। सोहीअनुसार अबुधाबीस्थित नेपाली दूताबासले वार्षिक सरकारी बिदा अन्तरगत यस वर्ष कार्यालय बन्द रहने तालिका सार्वजनिक गरेको छ।

दूताबासको वेभसाइड, सूचनापाटी र सामाजिक सञ्जालमा उल्लेख गरिएअनुसार यो वर्ष १७ दिन दूताबासको कार्यालय बन्द रहने छ। प्रधानमन्त्री कार्यालयबाट परिपत्र आएपछि कामदारले अनावश्यक दुःख नपाउन् भनेर सरकारी बिदाको सूची सावजनिक गरिएको दूतावासका सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिए।

कतिपय अवस्थामा सम्बन्धित देशको स्थानीय बिदालाई ख्याल गरेर मिति सार्वजनिक गरिने गर्दछ। तर, सेवाग्राहीले त्यसलाई ध्यान नदिएको उनले बताएका छन्। युएईमा रहेका कामदालाई दूताबास बन्द हुने दिनको सूचना दूताबासको वेभसाइड र सामाजिक सञ्जालमा हेर्न उनले आग्रह गरेका छन्।

यो वर्ष युएईस्थित नेपाली राजदूताबास बिदा रहने दिनः

प्रकाशित : ५ बैशाख २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल