विश्वप्रकाश र कविता शर्माद्वारा नयाँ वर्षमा नेत्रदानको उपहार


झापा, १ वैशाख – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र उहाँकी श्रीमती कविता शर्माले नेत्रदान गर्नु भएको छ।

कांग्रेस प्रवक्ता शर्मासँगै कयाैं सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका खेलिसक्नु भएकी कविता शर्माले नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित डिसिएमटी आँखा (कोर्निया) संकलन केन्द्र काँकरभिट्टाको नाममा नेत्रदान गर्नु भएको हो।

अाँखादान गरेको विषयमा जानकारी गराउँदै विश्वप्रकाशले ट्वीट गरेका छन्, ‘एकदिन छाडेर जानु छ संसार, नेत्रदान त्यसैले नयाँ वर्ष उपहार! आँखादान इच्छा पत्र भयाैं, आज हामी दुवैले। नेपाल आँखा बैंक तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित DCMT आँखा (कोर्निया) संकलन केन्द्र काँकरभिट्टाको नाममा।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: