Logo

साहित्य

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी



नयाँदिल्ली, चैत १० – भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ।

शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा विजयी भएकाले आफ्नो प्रभाव अझ बढाएको हो।

भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर प्रदेशमा मात्रै भाजपाले नौ सिट जित्न सफल भएको छ।

यस निर्वाचनका मुख्य विजेतामा भारतका अर्थमन्त्री अरुण जेट्ली र भारतीय जनता पार्टीका प्रवक्ता जीभीएल नरसिंह राय रहनुभएको छ।

शुक्रबार राति अबेर निर्वाचनको नतिजा घोषणा भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेख्नुभएको छ, ‘विभिन्न राज्यबाट राज्य सभामा निर्वाचित हुनु भएका सबैलाई हार्दिक बधाई छ, तपाईको संसदीय कार्यकालको पूर्णसफलताको कामना गर्दछु।’

भारतको निर्वाचन आयोगले गत फेब्रुअरीमा राष्ट्रियसभाका खाली भएका ५९ सिटका लागि निर्वाचन घोषणा गरेको थियो।

त्यसको एक महिना पछि दश राज्यका ३३ जना उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो। तीमध्ये १६ जना भारतीय जनता पार्टीका रहेका थिए।

प्रकाशित : ११ चैत्र २०७४, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल